सुस्ता गाउँपालिकामा ५ करोड लागतमा बनेको शीतभण्डार प्रयोगविहीन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sitbhandar.jpg

नवलपरासी । सुस्ता गाउँपालिका–४ मा रु पाँच करोड खर्चेर निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन छ । लुम्बिनी सरकारले उक्त रकम खर्चेर आलु, प्याजलगायत कृषि उपज लामो समयसम्म जोगाएर राख्न शीतभणडर निर्माण गरेको हो । 

सुस्ता गाउँपालिका–४ का वडाध्यक्ष नीलबहादुर गुरुङले भण्डारणका सामग्री नभएकाले हाल शीतभण्डार पूर्ण क्षमतामा उपयोग नभएको बताए ।

केही किसान र व्यापारीका फलफूल शीतभण्डारमा राखिएको जानकारी उनले दिए। चार वर्ष अघि निर्मित यो शीतभण्डारमा बाह्रै महिना कृषि उत्पादन भण्डारण गर्ने सुविधा छ ।


Facebook Comments