गण्डकीलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउने मुख्यमन्त्री पाण्डेको घोषणा

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/DipakShrestha_Gorkha_RSS_01_MUKHYAMANTRI+SAMOBDHAN.jpg

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउने लक्ष्य रहेको बताएका छन् ।

आइतबार गोरखा सदरमुकामस्थित गोरखा एनपीआई हस्पिटलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले चालु आर्थिक वर्षमा कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको जानकारी दिए ।

पाण्डेले गण्डकीलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना औँल्याउँदै त्यसका लागि योजनाबद्ध काम भइरहेको बताए । उनले आफ्नो कार्यकालमा प्रदेशभरका अस्पतालमा १६५ शय्याबाट ६५० शय्यामा विस्तार भएको पनि बताए ।

मुख्यमन्त्री पाण्डेले नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र निजी क्षेत्रमा लगानीको वातावरण बनाइने बताए । ‘जनताको स्वास्थ्य सेवा सर्वोपरि हो, त्यसमा कुनै कमी हुनुहुँदैन,’ उनले भने ।

निजी क्षेत्रलाई लगानीका लागि कुनै नीति वा कानुन बाधक भए त्यसलाई संशोधन गर्न सरकार तयार रहेको उनी बताउँछन् ।


Facebook Comments