पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृ*त्य, पाँच घाइते

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death.jfif

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । 

रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । 

“घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी आएको छ,” उनले भने, “मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।”


Facebook Comments