बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/apf.JPG

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई  दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा एक जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा एक जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

सो क्रममा महानिरीक्षक अर्यालले सङ्गठनमा सेवारत रहँदा पदोन्नतिको विशेष महत्व हुने र पदोन्नतिसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ सम्पादन गर्न निर्देशन दिए । 


Facebook Comments