सरकारले बदनियत राखेर उपसभामुख रानालाई हटाउन खोजेको माओवादीको निष्कर्ष

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/maobadi 000.PNG

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार अधिनायकवाद बन्दै गइरहेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष निकालेको हो। 

प्रवक्ता अग्नि सापकोटाले उपसभामुखलाई हटाउन नहुने बताए। उनले भने,  ‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ। यो बेठिक हुन्छ । सरकारको यो कदममा बदनियत देखिन्छ। त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’

उनले आजको बैठकमा स्थायी कमिटी बैठकको निर्णय योजना कार्यान्वयन र कार्य विभाजन लगायत विषयमा छलफल गर्ने तय भए पनि भोलि बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए ।

 


Facebook Comments