उपसभामुख हटाउने सत्तारुढ दलको तयारीपछि छलफलमा जुट्दै विपक्षी दल

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bipachhi.png

काठमाडौं । सत्तारुढ दलहरुले उपसभामुख हटाउने तयारी गरेपछि विपक्षी दलहरु समेत छलफलमा जुटेका छन् ।  

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज दिउँसो साढे २ बजे बस्नेगरी विपक्षी दलहरुको बैठक बोलाइएको हो । 

उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि माओवादी केन्द्रले विपक्षी दलहरूसँग छलफल गर्न बैठक आह्वान गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

माओवादीको आज पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारले बदनियत राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको निष्कर्ष समेत निकालेको छ। 

 


Facebook Comments