गाजामा खाद्यान्नको चरम अभाव, अवस्था ‘अत्यन्तै चिन्ताजनक’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gaja40.PNG

काठमाडौं । संयुक्त राष्ट्रसंघसँग आबद्ध मानवीय संस्थाहरूले गाजा क्षेत्रमा इजरायलले शरण निषेध हटाउने निर्णयलाई सकारात्मक कदमका रूपमा स्वागत गरेका छन् । यद्यपि, उनीहरूले भावी सैन्य कारबाहीको तयारीले पहिले नै कठिन परिस्थितिमा जीवनयापन गरिरहेका जनताको स्थिति झनै संकटपूर्ण बन्न सक्ने गम्भीर चिन्ता पनि व्यक्त गरेका छन् ।

मानवीय मामिलाको समन्वय गर्ने कार्यालय (ओसीएचए) ले गाजा सहरमा सैन्य गतिविधि तीव्र पार्ने योजनाले हजारौँ व्यक्तिलाई पुनः विस्थापित गराउने जानकारी दिएको छ । ती विस्थापितहरू गाजाको दक्षिण भागमा जान बाध्य हुनेछन्, जहाँ अहिले पर्याप्त खानेपानी, स्वास्थ्य सेवा र खाद्यान्न जस्ता अत्यावश्यक सुविधा अत्यन्तै सीमित छन् ।

गत मे देखि लागू गरिएको शरण निषेधका कारण करिब सात लाख ८० हजारभन्दा बढी व्यक्तिहरू पटक–पटक घरबाट विस्थापित हुनु परेको बताइएको छ । 

मानवतावादी संस्थाहरूको अनुमानअनुसार करिब १३ लाख ५० हजार मानिसलाई आपतकालीन आवास आवश्यक छ, भने झण्डै १४ लाख व्यक्तिलाई अत्यावश्यक घरायसी सामग्रीहरू आवश्यक रहेका छन् ।

ओसीएचएले भनेको छ, “गाजाको मानवीय अवस्था अत्यन्तै चिन्ताजनक बनिसकेको छ । जारी द्वन्द्वका बीच चरम खाद्य अभाव छ र प्रत्येक दिन दुःखद रूपमा थप मृत्युहरू भइरहेका छन् ।”

विश्व खाद्य कार्यक्रमले सम्भव भएसम्मको प्रयास गरी खाद्य सामग्री पु¥याउने कार्य भइरहेको जानकारी गराएको छ । तथापि, वर्तमान आपूर्ति आवश्यकता अनुसारको मात्रामा पुग्न सकेको छैन । 

ओसीएचएका अनुसार गाजाका स्वास्थ्य निकायहरूले पछिल्लो २४ घण्टामा कुपोषण र भोकका कारण दुई बालबालिका सहित पाँच जनाको ज्यान गएको जानकारी दिएका छन् । यस्ता दुःखद घटनाहरू रोक्नका लागि समयमै, सुरक्षित र निरन्तर रूपमा ठूला मात्रामा सहायता सामग्री वितरण गर्न सक्ने वातावरण आवश्यक छ ।

मानविय निकायहरूले भनेका छन्, “हामीले सबै जनतासम्म सहायता पु¥याउन प्रतिबद्धता लिएका छौं । नागरिकहरूले चाहे जहाँ रहने निर्णय लिए पनि – उनीहरूको जीवनरक्षा र अधिकारको सुनिश्चितता गरिनु आवश्यक छ । सर्न चाहने व्यक्तिहरूलाई आधारभूत सेवा उपलब्ध गराइनुपर्छ र उनीहरूलाई आफ्नै इच्छाले फर्कन सक्ने व्यवस्था मिलाइनुपर्छ ।”

ओसीएचएले पुनः जोड दिँदै भनेको छ, “गाजाको सबै क्षेत्रलाई समेट्ने गरी सहजरूपमा मानवीय सहायता वितरण गर्न सक्ने वातावरण हुनु अति आवश्यक छ । त्यसका लागि समुदायमा आधारित वितरण प्रणालीसहित, सबै सम्भव नाका र सडकमार्गहरूबाट ठूलो परिमाणमा सामग्री गाजामा प्रवेश गर्न दिनु अत्यावश्यक छ ।” 


Facebook Comments