इलामको पुवाखोलामा बेलिब्रिज सञ्चालनमा

 (1).jpg)
इलाम । मेची करिडोर अन्तर्गत पर्ने पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । यस पुलको उद्घाटन आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गरेका छन् ।
संघीय सरकारको १ करोड ३५ लाख रुपैयाँ लागतमा गत असारमा निर्माण सम्पन्न भएको यो पुल ४८.६ मिटर लामो रहेको सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।
बेलिब्रिज सञ्चालनमा आएसँगै मेची राजमार्गको वैकल्पिक मार्गको रूपमा केचना–कञ्चनजङ्घा सडकको महत्त्व बढेको छ, जसले यस क्षेत्रको यातायात सहज भएको छ ।
Facebook Comments