अफगानिस्तानमा बस दु*र्घटना हुँदा ७३ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/afgan buss acc.jpg

एजेन्सी । अफगानिस्तानमा भएको एक भयानक सडक दुर्घटनामा परी ७३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार मृतकहरूमध्ये १७ जना बालबालिका छन् ।

यो दुर्घटनामा एउटा बस, ट्रक र मोटरसाइकल आपसमा ठोक्किएर आगलागी भएको थियो । तालिबानका अधिकारी अहमदुल्ला मुक्तकीका अनुसार यो घटनामा बसमा सवार सबै यात्रुको मृत्यु भएको छ ।

बसमा अधिकांश इरानबाट फर्काइँदै गरेका अफगानी आप्रवासी थिए ।

इरानले हालैका महिनामा गृहयुद्धका कारण त्यहाँ पुगेका अफगानी नागरिकलाई स्वदेश फिर्ता पठाउने कामलाई तीव्रता दिएको छ ।

सोभियत संघको आक्रमण र तालिबानको सत्ता आगमनपछि लाखौँ अफगानीहरू इरान र पाकिस्तानजस्ता देशमा शरणार्थीका रूपमा बस्दै आएका छन् ।


Facebook Comments