घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा रु १,६०० ले घटेको छ ।
आज छापावाल सुन प्रतितोला रु १ लाख ९३ हजार ५०० मा कारोबार भइरहेको छ । हिजो मंगलबार यसको मूल्य प्रतितोला रु १ लाख ९५ हजार १०० थियो ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला रु २,२२५ मा कारोबार भइरहेको छ, जबकि मंगलबार यसको मूल्य प्रतितोला रु २,३०० थियो ।
Facebook Comments