दरबार ह*त्याकाण्ड र दासढुंगा काण्डबारे उपेन्द्र यादवले उठाए प्रश्न

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/upendrayadavthumb-768x404.jpg

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका केही ठूला घटनाहरू अझै रहस्यमय रहेको बताएका छन् ।

उनले दरबार हत्याकाण्ड र दासढुंगा काण्डका पछाडिको सत्य अझै बाहिर नआएको भन्दै प्रश्न गरेका छन् । ‘देशको राष्ट्रप्रमुखको सुरक्षा घेराभित्र दरबार हत्याकाण्ड कसरी भयो,’ उनले भने, ‘जनताले जान्न चाहेका छन् ।’

यसैबीच, सर्वोच्च अदालतले २०६३ सालको गौर नरसंहार घटनाको छानबिन अघि बढाउन आदेश दिएपछि यादवले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । 

उनले गौर घटनाको अनुसन्धान चारवटा फरक संस्था र राष्ट्रसंघीय निकायले समेत गरिसकेको बताएका छन् । यादवका अनुसार, माओवादीले अपहरण र फिरौती माग्ने जस्ता गतिविधि गरेकाले त्यसको आक्रोशमा गाउँलेहरूले उक्त घटना गराएको हुन सक्छ । 

२०६३ चैत ७ गते रौतहटको गौरमा भएको झडपमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । त्यो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एकै ठाउँमा कार्यक्रम राखेका थिए, जसले गर्दा झडप भएको थियो ।


Facebook Comments