मन्त्री साहको प्रश्न– विनोद चौधरीका आमाबाबुलाई किन भत्ता दिनुपर्यो?

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mantri sudi shah.jpg

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक सुरक्षा भत्ता आर्थिक हैसियतका आधारमा मात्र वितरण गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधेयक समितिको बैठकमा उनले धनीलाई पनि भत्ता दिँदा राज्यको आर्थिक अवस्थाले धान्न नसक्ने बताए ।

मन्त्री साहले भने, ‘विनोद चौधरीको आमाबाबुलाई किन भत्ता दिनुपर्यो? मेरो आमाबुबालाई किन भत्ता चाहियो?’ उनले सामाजिक सुरक्षा भत्ता नेपालको २० प्रतिशत गरिब जनसंख्यालाई मात्र दिनुपर्ने तर्क गरे ।

उनका अनुसार, राजनीतिक दलहरूले आफ्नो सरकारको पालामा जश लिनका लागि बिना कुनै आर्थिक विश्लेषण सामाजिक भत्ता अन्धाधुन्ध बढाउने गरेका छन् ।

उनले अहिले सामाजिक सुरक्षामा बजेट खर्बमा पुगिसकेको र यसले राज्यको अर्थतन्त्रमा भार परेको बताए । विश्वकै तेस्रो धनी देश भारतले समेत प्रतिव्यक्ति मात्र ५०० रुपैयाँ भत्ता दिने गरेको उदाहरण उनले पेश गरे ।


Facebook Comments