संख्याका आधारमा जे पनि निर्णय नगर्न गगन थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमतको आधारमा मात्रै कुनै पनि निर्णय गर्न नहुने बताएका छन् ।
प्रजातन्त्रमा संख्याका आधारमा गरिने निर्णय वैधानिक भए पनि त्यो जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ
बुधबार प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटीको स्मारिका विमोचन कार्यक्रममा बोल्दै थापाले भने, ‘मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन।’ उनले निर्णय वैधानिक मात्र नभएर वैध पनि हुनुपर्नेमा जोड दिए ।
उनले ‘हामीले गर्ने निर्णय आमनागरिकले स्वीकार्छ कि स्वीकार्दैन त्यो हेर्नुपर्छ’ भन्दै हालै कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारी गरिरहेको सन्दर्भमा अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका छन् ।
Facebook Comments