शिक्षा विधेयकलाई अन्तिम रूप दिँदै समिति


काठमाडौं । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज विद्यालय शिक्षा विधेयक २०८० लाई अन्तिम रूप दिन बैठक सुरु गरेको छ ।
बैठकमा विधेयकका विवादित विषयहरू टुंगो लगाएर यसलाई पारित गर्ने कार्यसूची रहेको छ । विधेयकमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने व्यवस्थामा मुख्य विवाद देखिएको छ ।
समितिले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिने व्यवस्थामा सहमति जुटाएको छ । यद्यपि, शिक्षामन्त्रीले २.५० प्रतिशत विद्यार्थीलाई मात्र आवास सुविधा दिने प्रस्ताव गरेका छन्, जसमा केही सांसदले असहमति जनाएका छन् ।
यस विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरु गरिसकेका छन् । उनीहरूले कम्पनी ऐनअन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने र छात्रवृत्तिको अधिकार स्थानीय तहलाई नभई विद्यालयलाई नै दिनुपर्ने माग राखेका छन् ।
यसैगरी, शिक्षक सरुवाको प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले पनि आन्दोलनको चेतावनी दिएको छ ।
Facebook Comments