सीमा विवादमा सहमति कायम गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले सीमा विवाद समाधानका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रवक्ता शाहीले सामाजिक सञ्जालमार्फत लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा तत्काल पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेका हुन् ।
उनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए । उनले नेपालको सहमतिबिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारत र चीनबीच भएको सम्झौताप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
शाहीले भने, ‘राष्ट्रियताको सवालमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य हुन सक्दैन।’ उनले प्रधानमन्त्रीलाई सबै राजनीतिक दल र नागरिक समाजलाई एकताबद्ध गरी अगाडि बढ्न आग्रह गरे ।
Facebook Comments