लिपुलेक हुँदै व्यापार गर्ने भारत–चीन सहमतिप्रति एमालेको आपत्ति


काठमाडौं । नेकपा एमालेले लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएकोमा जोड दिएका छन् ।
बर्तौलाले नेपालको सहमतिबिना नै नेपाली भूमिमाथि छिमेकी राष्ट्रहरूबीच व्यापार सम्झौता भएकोमा विरोध गरेका हुन् ।
उनले भूगोल र जनसंख्याको हिसाबले देश सानो वा ठूलो भए पनि स्वतन्त्रता र स्वाधीनताको हिसाबमा कुनै पनि देश सानो–ठूलो नहुने बताएका छन् ।
एमालेले आफ्नो देशको सार्वभौमिकतामाथि आघात पुग्ने कुनै पनि गतिविधिको सशक्त प्रतिवाद गर्ने बताउँदै उनले उच्चस्तरीय कूटनीतिक संवादमार्फत तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
Facebook Comments