पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरिन् सम्पर्क कार्यालय


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको थापागाउँमा ‘मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समिति’को कार्यालय भन्दै सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समेत सहभागी थिए । एमाले केन्द्रीय कमिटीले भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाए पनि उनी पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन् ।
गत असार १४ मा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उनले एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै आफ्नो सदस्यता नवीकरण भएको बताएकी थिइन् ।
तर, एमाले केन्द्रीय कमिटीले उनको सदस्यता स्वतः नवीकरण नभएको बताउँदै आएको छ ।
Facebook Comments