भियतनामकी उपराष्ट्रपति तीन दिने भ्रमणमा नेपाल आउँदै


काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थिआन सुआन उपराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा तीन दिने भ्रमणका लागि नेपाल आउने भएकी छन् । उनी भदौ ७ गते बैंकक हुँदै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । साथै, परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि उनको भेट हुने बताइएको छ ।
उपराष्ट्रपति सुआनले नेपाल–भारत सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुने र वसन्तपुर दरबार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
उनको भ्रमणले नेपाल र भियतनामबीचको द्विपक्षीय सम्बन्ध, विशेष गरी व्यापार, लगानी, र कृषि क्षेत्रमा सहयोगलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
Facebook Comments