काठमाडौं महानगरपालिकाः अघिल्लो वर्षको तुलनामा विपदजन्य घटनामा कमी

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विपद्का घटनामा कमी आएको जनाएको छ ।   

आर्थिक वर्ष २०८०/८१ मा कामपामा ४३१ विपद्का घटना घटेका थिए ।  गत आर्थिक वर्ष २०८१/८२ मा ४२५ विपद्का घटना घटेको कामपाले जनाएको छ । कामपा नगर प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार सङ्ख्यात्मक रूपमा विपद्का घटनामा गत आवमा कमी आए पनि शीर्षकगत रूपमा भने बढेको छ । 

उनका अनुसार  शीर्षकगत रूपमा रूख कटान र जल उत्पन्नसम्बन्धी विपद्का घटना बढेका छन् । आगलागीका कारण अघिल्लो आर्थिक वर्षमा ३११ घटना घटेकामा गत आवमा १५२ मात्र आगलागीजन्य घटना घटेको तथ्याङ्क कामपासँग छ । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेका हुन् । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापन गरिरहेको उनले जानकारी दिए। 

बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ । त्यसैगरी थोत्रा ग्यास सिलिण्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ । 


Facebook Comments