स्रोत नखुलेको १४ लाख १३ हजार रकमसहित दुई पक्राउ

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Pakrau-11676656118 fgdff.jpg

पर्सा । जिल्ला प्रहरीले स्रोत नखुलेको रु १४ लाख १३ हजार ५०० रकमसहित दुई जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगर–२ घुसुकपुरका ३९ वर्षे सञ्जय साह र बाराको महागढीमाई नगरपालिकाका ४१ वर्षे शनिकुमार ठाकुर रहेका छन् ।  पर्साका प्रहरीका प्रवक्ता सुवास भट्टले वीरगञ्ज महानगर घुसुकपुर इदगाह चोक सडकखण्डमा भारतिय नं. प्लेट भएको विआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल बिहीबार रोकेर खानतलासी गर्दा सो परिमाणको स्रोत नखुलेको रकम बरामद भएको हो ।  

‘‘मोटरसाइकलमा फल्स सिलिङ बनाइलुकाइ राखेको अवस्थामा नखुलेको नेपाली रू एक हजार दरका रु १० लाख र पाँच सय दरका ८२७ नोटको रु चार लाख १३ हजार ५०० बरामद भएको छ’’, उनले भने, ‘‘पक्राउ परेका दुई जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’’


Facebook Comments