चीनमा परीक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (तस्विरहरू)
मेयरसाप डेस्क
|
२०८२ भदौ ७ गते ११:२१
एजेन्सी । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् ।
जुन विश्वको सबैभन्दा अग्लो पुल हुने छ । सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५ मिटरको ठाडो उचाइमा छ। १४२० मिटरको स्प्यान भएको २८९० मिटर अग्लो यो पुल पहाडी क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो स्प्यान पुल पनि हो।
अगस्ट २१ मा लिइएको यो हवाई ड्रोन तस्विरले दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण गरिएको सिन्हवाले जनाएको छ ।




Facebook Comments