व्हाट्सएप र टेलिग्रामले नटेरेपछि रूसले अलग्गै ‘मेसेजिङ एप’ चलाउने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news879460..jpg

मस्को । रुसी सरकारले आफ्ना नागरिकहरूका लागि मेसेजिङ एप व्हाट्सएपको सट्टा आफ्नै सपोर्टेड एप ल्याउने भएको छ। रुसको पुटिन सरकारले सेप्टेम्बर १ देखि लागु गर्ने गरी यो एप ल्याएउने भएको हो । 

अब अर्को महिनादेखि रूसमा बेच्ने सबै मोबाइल फोन र ट्याब्लेटहरूमा यो सरकार–समर्थित एप पूर्व–स्थापित हुनु पर्ने उसले जनाएको छ । रूसी मिडियाका अनुसार रुसी सरकारले शुक्रबार यस्तो जानकारी दिएको हो ।

 रूसी मैक्स एप नामको यो एप रूसी सरकारद्वारा नियन्त्रित रहेको छ। यद्यपि, आलोचकहरू भन्छन् कि यो एप रूसी सरकारले निगरानी उद्देश्यका लागि प्रयोग गर्न सक्छ। यो मैक्स एप नयाँ छ र रूसी सरकारद्वारा नियन्त्रित छ। मैक्सले यसको लोकप्रियता बढाउनु अघि मेटा–स्वामित्व भएको व्हाट्सएपसहित टेलिग्राममा केही कलहरू रूसमा प्रतिबन्धित गरेको थियो ।

खासमा रुसले यो आरोप लगाएको छ कि यी विदेशी स्वामित्वको सन्देश प्लेटफर्महरूले जालसाजी र आतंकवादका घटनाहरूमा रूसी पुलिससँग जानकारी साझा गर्दैनन्, उनीहरू विवरण पनि दिदैनन्, जसका कारण सुरू सरकारलाई आतंकवाद र अपराध नियन्त्रणमा समस्या भइरहेको छ ।

 रुसी सरकारले इन्टरनेट क्षेत्रमा थप नियन्त्रण लिन खोजेको आरोप लगाइएको छ । सरकारले हालै एक विज्ञप्तिमा मैक्सलाई रूसी सरकारी सेवाहरूसँग एकीकृत गरिने उल्लेख छ। साथै, सेप्टेम्बर १ देखि यो अनिवार्य रूपमा रूसमा बेचिने मोबाइल फोन र ट्याब्लेटहरू सहित सबै ‘ग्याजेटहरू’ मा अनिवार्य डाउनलोड गरिनु पर्नेछ ।

 


Facebook Comments