राजीनामा दिएको २ वर्षपछि स्वीकृत गरिएको भन्दै उच्च अदालत पुगे वडाध्यक्ष शाह

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/jitendra shah3.jpg

दाङ। दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले उच्च अदालत तुलसीपुरमा रिट दर्ता गराएका छन् । वडाध्यक्ष शाहले घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीसहित कार्यपालिकालाई विपक्षी बनाएर अदालतमा रिट हालेका हुन् ।

उनले आफूलाई सफाइको मौका नदिएको र राजीनामा दिएको दुई वर्षपछि मात्रै स्वीकृत गरेर अन्यायपूर्वक पदबाट हटाएको आरोप लगाएका छन् । कानुनी प्रक्रिया नै पूरा नगरी अरुलाई कार्यवाहक अध्यक्ष तोक्ने निर्णय बदर गरी आफूलाई पुनः जिम्मेवारीमा फर्काउन शाहले रिट दिएका हुन् । 

अध्यक्ष शाहले अब आफू पुनस् एमालेको सदस्यता नलिने र बाँकी कार्यकाल पूरा गर्न अदालतले पुनर्बाहली गरिदिने विश्वास समेत व्यक्त गरेका छन् ।


Facebook Comments