हैजाको सङ्क्रमण बढेपछि वीरगंज महानगरपालिकाका विद्यालय २ दिनका लागि बन्द

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/birganja.jpg

पर्सा । वीरगंज महानगपालिकाले महानगरभित्रका सम्पूर्ण विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने भएको छ । हैजाको संक्रमण बढेको भन्दै महानगरपालिकाले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको पठनपाठन स्थगित गरेको हो । 

महानगरले सूचनामा भनेको छ, ‘विगत केही दिनदेखि बढ्दै गएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै भाद्र ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि वीरगंज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

त्यसैगरी महानगरले पानी उमालेर मात्र पिउन, शौचालय प्रयोग गरेपछि अनिवार्य साबुनपानीले हात धुन, सरसफाइका नियम पालना गर्न समेत आग्रह गरेको छ । ‘पानी उमालेर मात्र पिउनु हुन, शौचालय प्रयोग गरिसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुनुहुन, सरसफाईका नियमहरूलाई परिपालना गर्नुहुन, काँचै खाने सागसब्जीहरू तातोपानीले पखालेर मात्र खानुहुन तथा संक्रमणबाट जोगिनको लागि आवश्यक उपायहरू अपनाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ ।

 


Facebook Comments