जिम्मेवारी इमानदारिताका साथ पूरा गर्छु : मन्त्री न्यौपाने

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/neupane jeee.jpg

दमौली । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले विशेष परिस्थितिमा प्राप्त यो जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । 

मन्त्री न्यौपानेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नीतिगत रूपमा चल्ने मन्त्रालय बनाउने प्रमुख जिम्मेवारी रहेको उल्लेख गरिन् । 

मन्त्रालयको काम कर्मचारी सरुवा बढुवामात्र हो कि भन्ने रहेकामा त्यसलाई चिर्दै सङ्घीय व्यवस्थालाई सुदृढ बनाउने काम पनि मन्त्रालयको रहेको बताइन् । 

मन्त्री न्यौपानेले कर्मचारी र सेवाग्राहीको गुनासो सुनुवाइका लागि मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना गरिएको बताउँदै त्यहाँबाट गुनासो सुनुवाइ हुन थालेको जानकारी दिइन् ।


Facebook Comments