सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gold.jpg1600838423.jpg

काठमाडौं । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा दुई हजार ३०० र चाँदीमा ४० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments