द्वन्द्व व्यवस्थापनका लागि सम्झौता आवश्यक : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको सफल व्यवस्थापनका लागि सम्झौता अपरिहार्य रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित ‘नेपालमा शान्ति निर्माणका चुनौती’ विषयक एक कार्यक्रममा बोल्दै उनले दुवै पक्षले आ–आफ्नो अडानमा मात्र रहेमा द्वन्द्व समाधान हुन नसक्ने बताएका हुन् ।
लेखकका अनुसार, द्वन्द्व सकारात्मक र नकारात्मक दुई प्रकारका हुन्छन् । सकारात्मक द्वन्द्वले विकास ल्याउँछ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ । उनले द्वन्द्व व्यवस्थापनमा पहिचान, समय र सम्झौता महत्त्वपूर्ण हुने बताए ।
वर्तमान संविधान असफल भएमा अकल्पनीय द्वन्द्व निम्तिन सक्ने भन्दै उनले संविधानलाई समयसापेक्ष संशोधन र त्यसको रक्षा आवश्यक रहेकोमा जोड दिए ।
संविधानले गरेको अधिकारको बाँडफाँडले पनि द्वन्द्व निम्त्याएको भन्दै त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने गृहमन्त्री लेखकले बताए ।
नेपालमा सात वटा संविधान बनिसकेको स्मरण गराउँदै धेरै संविधान बन्नु राम्रो नभएको र धेरै सडक, पुल र अस्पताल बन्नु राम्रो भएको उनको भनाए छ ।
Facebook Comments