निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधान हटाउनुपर्छ : महामन्त्री शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकमा रहेको निजी विद्यालयलाई गैरनाफामूलक बनाउने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएका छन् ।
शनिबार प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले यो व्यवस्थाले निजी क्षेत्रलाई निरुत्साहित गर्ने र मुलुकले अंगीकार गरेको सामाजिक न्यायसहितको खुला बजार अर्थव्यवस्था विपरीत रहेको बताएका हुन् ।
उनले कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले शिक्षा क्षेत्रमा लगानी घटाउने तर्क गरे । उनले छात्रवृत्तिको कोटा र करको व्यवस्था बढाउन सकिने तर सम्पूर्ण रूपमा गैरनाफामुलक बनाउनु गलत भएको बताए ।
शर्माले संसदीय समितिले विधेयक पारित गरे पनि संसदले थप परिमार्जन गर्न सक्ने बताए । साथै, उनले शिक्षक महासंघले घोषणा गरेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले अविलम्ब संवाद गर्नुपर्नेमा पनि जोड दिए ।
Facebook Comments