माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित


काठमाडौं । नेकपा माओवादी केन्द्रको आज दिउँसो २ बजे बस्ने भनिएको पदाधिकारी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जनाइएको छ । यसअघि बिहीबार पनि बैठक स्थगित भएको थियो ।
बैठकमा स्थानीय समितिले गरेका निर्णय कार्यान्वयन, पार्टी एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी थियो ।
Facebook Comments