एमसीसी नेपालको हितमा छैन : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अमेरिकासँगको एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितको विरुद्धमा रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै खनालले एमसीसी सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अगाडि बढाउने माध्यम भएको दाबी गरे ।
उनले यो सम्झौताले चीन र भारतसँगको नेपालको भू–राजनीतिक सन्तुलनमा गम्भीर असर पुर्याएको पनि बताए । खनालले संसदमा छलफल नै नगरी असामान्य ढंगबाट एमसीसी पारित गरिएको भन्दै यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको उल्लेख गरे ।
उनले यस सम्झौताले नेपाललाई भारतसँग मात्र विद्युत व्यापार गर्न बाध्य पार्ने र भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको समेत बताए । अन्त्यमा, उनले एमसीसीका प्रावधानहरूमाथि पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
Facebook Comments