‘नेपाल आर्ट एन्ड कल्चर महोत्सव’ आयोजना हुँदै

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0c344035-02ec-48e4-92d8-7676afdb11bd.jpeg
तस्बिर: राहुलकुमार ढकाल/मेयरसाप डटकम

काठमाडौं । नेपालको संस्कृति र कलालाई विश्वभर चिनाउने उद्देश्यले पहिलो पटक ‘नेपाल आर्ट एन्ड कल्चर महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलको सहकार्यमा हुने यो महोत्सव भदौ २० देखि असोज १० गतेसम्म काठमाडौं उपत्यकाका चारवटै पालिकासँगको सहकार्यमा सञ्चालन हुनेछ । 

नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालको सांस्कृतिक वैभवबारे जानकारी दिने र नेपाललाई साहसिक पर्यटनका साथै सांस्कृतिक गन्तव्यको रूपमा स्थापित गर्ने बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार, यो महोत्सवले नेपालको विशिष्ट संस्कृतिलाई जगेर्ना गर्नुका साथै पर्यटकको सङ्ख्या बढाएर आर्थिक आम्दानीमा योगदान पुर्याउने विश्वास लिएको छ ।

महोत्सव सञ्चालन समितिका प्रमुख विनायक शाहले यसले ’एक्स्पेरिमेन्टल टुरिजम’का लागि योगदान पुर्याउने बताए । महोत्सवमा तीन सातासम्म करिब ४० वटा कार्यक्रमहरू आयोजना गरिनेछ, जसमा इन्द्रजात्रा पनि समावेश हुनेछ । 

‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित यो महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, सङ्गीत, नृत्य र परम्परागत परिकारका अनुभव लिन पाइनेछ ।


Facebook Comments