भियतनामकी उपराष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

.jpeg)
काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको यो भेट नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको ऐतिहासिक अवसरमा भएको हो ।
नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा शुक्रबार नेपाल आएकी उपराष्ट्रपति सुआनले यसअघि उपराष्ट्रपति यादवसँग पनि भेटवार्ता गरिसकेकी छन् ।
Facebook Comments