टक्सारमा ‘भोजपुर सङ्ग्रहालय’ स्थापना

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sangra1.jpg

टक्सार । भोजपुरको टक्सार बजारमा पुराना र परम्परागत सामग्रीहरूको संरक्षण गर्ने उद्देश्यले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना भएको छ । भोजपुर नगरपालिका–१२ को वडा कार्यालय भवनमा स्थापित यो सङ्ग्रहालयलाई नवोदय नामक संस्थाले सर्वसाधारणका लागि खुला गरेको हो ।

संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले परम्परागत सामग्रीहरू भावी पुस्ताका लागि जोगाउन सङ्ग्रहालय स्थापना गरिएको बताए । सङ्ग्रहालयमा पहिला टक्सारमा काटिने एक र दुई पैसाका टक, हलो, काठका सामग्री, लालटिन, माटाका भाँडा र क्यासेटलगायतका वस्तुहरू राखिएको छ ।

संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका सामग्रीहरू सङ्ग्रह गरिएको जानकारी दिए । कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले टक्सारको ऐतिहासिक महत्त्वलाई जोगाउन सङ्ग्रहालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

सन् १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षणमा पनि सङ्ग्रहालयले सहयोग पुर्याउने समाजसेवी चन्द्रकुमार उदासले बताए ।


Facebook Comments