इजरायलले फेरि गर्‍यो यमनको राजधानी सानामा भीषण आक्रमण

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/AFP.jpg
तस्बिर एएफपी

साना । यमनको राजधानी सानामा इजरायलले हवाई आक्रमण गरेको हुथी विद्रोही समूहले दाबी गरेको छ । उनीहरूका अनुसार आइतवार भएको यस आक्रमणमा सानाको एक तेल भण्डारण केन्द्र र विद्युत् उत्पादन केन्द्रलाई लक्षित गरिएको थियो ।

हौती नियन्त्रित ‘अल–मसीराह’ टेलिभिजनका अनुसार राजधानी सानाको सिट्टिन सडकमा रहेको तेल कम्पनीको स्टेशनमा इजरायली लडाकु विमानहरूले पटक–पटक आक्रमण गरेका थिए । साथै, राजधानीको दक्षिणी भागमा रहेको एक विद्युत् केन्द्र पनि फेरि लक्षित बनाइएको थियो, जसलाई अघिल्लो साता पनि आक्रमण गरिएको थियो ।

हुथी सुरक्षास्रोतले समाचार संस्था एएफपीलाई जानकारी दिँदै भनेको छ, “आक्रमणले सानाको केन्द्रमा रहेको नगरपालिका भवन नजिकैका क्षेत्रहरूलाई क्षति पु¥याएको छ, र केहि हताहतीको खबर पनि आएको छ ।”

हालसम्म इजरायली सेनाले यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन । सन् २०२३ को अगस्त देखि गाजामा सुरु भएको इजरायल–हमास युद्धयता हौती लडाकूहरूले इजरायलतर्फ दर्जनौं मिसाइल तथा मानवरहित विमान प्रक्षेपण गरेका छन् । उनीहरूले यसलाई फिलिस्तीनी जनताको पक्षमा गरिएको ऐक्यबद्धता भनेका छन् ।

यद्यपि अधिकांश हुथी आक्रमणहरू इजरायली सुरक्षा प्रणालीले निष्क्रिय पारिसकेको छ । त्यसको जवाफस्वरूप इजरायलले यमनमा हुथी नियन्त्रित स्थानहरूमा विभिन्नपटक हवाई आक्रमण गर्दै आएको छ ।

गत अगस्त १७ गते पनि इजरायलले सानास्थित एक ऊर्जा पूर्वाधारमा हवाई कारबाही गरेको थियो, जुन हाजिज क्षेत्रको विद्युत् केन्द्र रहेको हौती सञ्चारमाध्यमहरूले जनाएका थिए । 


Facebook Comments