राज्य व्यवस्था समिति सभापति चयनका लागि मनोनयन दर्ता हुँदै

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad3bea74a48.jpg

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । मनोनयन दर्ता भएपछि भोलि, बुधबार दिउँसो ३ बजे समिति बैठकमा निर्वाचन प्रक्रियाबाट नयाँ सभापति चुनिनेछन् ।

गत साउन २८ गते सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि यो पद रिक्त भएको थियो । संसदीय नियमावली अनुसार, पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने प्रावधानअनुसार यो प्रक्रिया सुरु भएको हो ।

विभिन्न दलबीचको भागबन्डामा यो समितिको सभापति पद नेपाली कांग्रेसको भागमा परेको छ । तर, कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन । उम्मेदवार टुङ्गो लगाउन कांग्रेसले आज बिहान शीर्ष नेताहरूको बैठक बोलाएको छ ।


Facebook Comments