विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा केन्द्र स्थापना


विराटनगर । विराटनगर महानगरपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले एक नयाँ केन्द्र स्थापना भएको छ ।
यो केन्द्र सगरमाथा आइ ल्याब समूह, काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन र स्वीजरल्याण्डको इटीएच ज्युरिचको संयुक्त पहलमा स्थापना गरिएको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यो केन्द्रले नेपालमा आवश्यक पर्ने सीपयुक्त जनशक्तिको अभावलाई पूरा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
उद्योगलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न र समुदायमा रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न यसको ठूलो भूमिका हुने कोइरालाले बताए ।
‘सीप सम्वद्र्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’ अन्तर्गत यो केन्द्रले गाउँ–टोलसम्म पुगेर तालिमको पहिचान गर्ने र उद्योगहरूसँगको सहकार्यमा युवाहरूलाई सीप विकास गरी रोजगारीसँग जोड्ने काम गर्नेछ ।
Facebook Comments