नेप्सेमा सामान्य सुधार, ४ अर्ब १८ करोडको कारोबार

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad8d560eec2.jpg

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । आज परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ बिन्दुमा पुगेको छ ।

आज ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता सेयरको किनबेच भएको छ । कुल ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहको उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी अन्य समूहको उपसूचक १.४२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, कुमारी सबल योजनाको सेयर मूल्य सबैभन्दा बढी ३.६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ, जसको कुल रकम ४८ करोड ९५ लाख ७८ हजार २२४ रुपैयाँ रहेको छ ।


Facebook Comments