रबि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरियो

User Image मेयरसाप डेस्क | २०८२ भदौ ११ गते ०२:०७
Image of https://mayorsap.com/storage/photos/10/rabi-lamichhane-3_LI30oMFJ2m.jpg

बुटवल । उच्च अदालत तुल्सीपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले लामिछानेको सबालमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

सभापति लामिछानेको सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा दिएको बिगो बुझाएर रिहा गर्न मागसहितको निवेदनमा रिहा गर्न अस्वीकार गरेपछि सो आदेशको विरुद्ध उच्च अदालत बुटवलमा निवेदन दायर गर्दा उक्त आदेश आएको हो ।

गत साउन २६ गते जिल्ला अदालत, रूपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिँदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो । लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।


Facebook Comments