नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ भदौ ११ गते ०५:५०
Image of https://mayorsap.com/storage/photos/10/68aee3c69a873.jpg

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । ऐन महरविरुद्ध गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गर्न अहिले जिल्ला अदालत काठमाडौं लगेको छ ।

बझाङ निवासी एक महिलाले महरविरुद्ध गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धमा साइबर क्राइम व्युरोमा जाहेरी दिएकी थिइन् । उनले हुलाकमार्फत उजुरी दिएको बताइएको छ ।

महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

 


Facebook Comments