'आईटी' क्षेत्रमा दक्ष जनशक्तिलाई मासिक २ लाख तलब दिने प्रधानमन्त्री ओलीको घोषणा
मेयरसाप डेस्क
|
२०८२ भदौ १२ गते २१:३८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले मासिक २ लाख रुपैयाँसम्म तलब दिने व्यवस्था गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत् उनले अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्न यो योजना ल्याइएको जानकारी दिए।
“सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ,” उनले लेखेका छन्, “यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ।”
उनका अनुसार यस्तो व्यवस्थाले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउन सहयोग पुर्याउने छ। आईटी पढेको जनशक्तिका लागि यो सुखद् कदम भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
Facebook Comments