नागढुङ्गा–मुग्लिन सडक जोखिमपूर्ण, खाल्डाखुल्डीले यात्रुलाई सास्ती

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b03fa06f2df.jpg

मलेखु । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । सडकको ठाउँठाउँमा पिच र ढलान गरिए पनि पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले गर्दा यात्रुले सास्ती भोग्नुपरेको छ ।

विशेषगरी वर्षायाममा सडक फराकिलो बनाउन काटिएका भित्ताहरूबाट पहिरो खस्ने जोखिम बढेको छ । साना पहिरोहरूले बारम्बार सडक अवरुद्ध हुने गरेको छ ।

नागढुङ्गा–नौबिसे र नौबिसे–मुग्लिन सडक खण्डमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताएका छन् ।

घाम लागेका बेला सडक धुलाम्मे हुने र पानी पर्दा हिलोले चिप्लो हुने हुँदा मोटरसाइकल र स्कुटर चालकलाई झन् बढी समस्या परेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले भने, विपद् र दुर्घटनाको जोखिम कम गर्न प्रहरी चौबीसै घण्टा खटिएको जानकारी दिए ।

सामान्य अवस्थामा दैनिक १३ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने यो सडकमा जोखिम बढेकाले चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानी अपनाउन आग्रह गरिएको छ ।


Facebook Comments