प्रधानमन्त्री ओलीद्वारा चीनमा धान उत्पादन क्षेत्रको अवलोकन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b3d8e4a0064.jpg

थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया) को भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीले हुवइगाउँको उक्त क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोडेर गरिएको नमूना कार्यबारे जानकारी लिए । यो भ्रमण नेपालको कृषि क्षेत्रका लागि पनि महत्त्वपूर्ण हुनसक्ने बताइएको छ । 

अवलोकन भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायत अन्य उच्च अधिकारीहरू पनि सहभागी थिए ।


Facebook Comments