सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ३ हजार

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b3d6aeac4a0.jpg

काठमाडौं । सुन र चाँदीको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार २ लाख रुपैयाँ नाघेको सुनको मूल्य आज एकै दिन ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर २,४२५ रुपैयाँमा पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो ।

यसअघि, अघिल्लो कारोबार दिन सुन २ लाख ६ सय र चाँदी २,३६० रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको मूल्यमा भएको यो लगातारको वृद्धिले लगानीकर्ता र उपभोक्ता दुवैलाई प्रभावित पारेको छ ।


Facebook Comments