रास्वपाको प्राइमरी चुनावमा केन्द्रीय सदस्यले भोट नहालेपछि...

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b3e36182937.jpg

काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) मा केन्द्रीय सदस्यहरूको कम सहभागिता देखिएको छ । 

पार्टीका ६२ केन्द्रीय सदस्यमध्ये २७ जनाले मात्रै मतदान गरेको पाइएको छ, जुन ५०% भन्दा बढीको अनुपस्थिति हो । भदौ १२ देखि १३ गतेसम्म मोबाइल एपमार्फत भएको मतदानमा केन्द्रीय सदस्यहरूले नै भोट नहालेपछि पार्टीभित्र आश्चर्य व्यक्त गरिएको छ । 

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, उम्मेदवारसँग केन्द्रीय सदस्यहरूको राम्रो चिनापर्ची नभएको र उनीहरूले ‘नो भोट’ को व्यवस्था प्रयोग गरेको हुन सक्छ ।

निर्वाचनमा अहिलेसम्मको नतिजा अनुसार सुलभ खरेल, डा. लेखजंग थापा र ज्ञानु पौडेल पहिलो सूचीमा लोकप्रिय मत ल्याएका छन् । त्यस्तै, दोस्रो सूचीमा पाथिभेन्द्र उपाध्याय, कुसुम श्रेष्ठ र मधुप्रसाद आचार्य रहेका छन् ।

उपनिर्वाचनका लागि कुल २,७७८ मतदाता रहेका थिए, जसमा १,५६७ मत खसेको थियो । निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउनेलाई रास्वपाले कात्तिक १७ गते हुने उपनिर्वाचनको टिकट दिनेछ ।


Facebook Comments