मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ad731e49611.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१०, टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, अमिर गोपालीले चलाएको बाप्र ६६ प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ३२ वर्षीय गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सोही ठाउँका बासिन्दा थिए ।


Facebook Comments