प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन

User Image मेयरसाप डेस्क | २०८२ भदौ १५ गते ०३:११
Image of https://mayorsap.com/storage/photos/10/68b3e8df424bd.jpg

थियानजिन । शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लामा रहेको चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।

चाउ एनलाई चिनियाँ क्रान्तिका नेता तथा चीनका पूर्वप्रधानमन्त्री थिए । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली हिजो (भदौ १४) चीन पुगेका थिए ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायत अन्य उच्च सरकारी अधिकारीहरू पनि अवलोकन भ्रमणमा सहभागी थिए ।


Facebook Comments