निजामती सेवा विधेयकमाथिको दफावार छलफल सकियो

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b3f72c9769c.jpg

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा चलिरहेको दफावार छलफल सकिएको छ । 

प्रतिनिधिसभाबाट पारित भएको यो विधेयकमाथि लामो समयदेखि छलफल हुँदै आएको थियो ।

समितिकी सभापति तुलसाकुमारी दाहालले अब आइतबार दिउँसो २ बजे प्रतिवेदनमाथि छलफल गर्ने गरी बैठक स्थगित भएको जानकारी दिइन् ।

दाहालका अनुसार, विधेयकका केही दफा र उपदफाहरूमा अन्तिम निर्णय हुन बाँकी रहे पनि प्रतिवेदनलाई अन्तिम रूप दिने समयमा त्यसलाई टुङ्गो लगाइनेछ । 

यो विधेयकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूलाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ ।


Facebook Comments