रुपन्देही–३ उपनिर्वाचनका आकांक्षीद्वारा रवि लामिछानेसँग भेटघाट

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b3f64f775c5.jpg

काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार बन्ने आकांक्षीहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन् । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि उनीहरू लामिछानेलाई भेट्न ललितपुरको नख्खु कारागार पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई केही समयअघि मात्रै भैरहवा कारागारबाट नख्खु सारिएको थियो । रास्वपाले आजै सचिवालय बैठक बसेर उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । 

यस क्षेत्रबाट उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । उनीहरूमा कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल रहेका छन् ।

रुपन्देही–३ बाट निर्वाचित राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा रिक्त पदका लागि कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।


Facebook Comments