संवैधानिक परिषद्मा बहुमतका लागि ममाथि हमला भयाे : उपसभामुख राना

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68b6b2316342a.jpg

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्र भन्दै खण्डन गरेकी छन् ।

उपसभामुख रानाले ठूला राजनीतिक दलहरूले संवैधानिक परिषद्मा बहुमत पुर्याउन आफूलाई पदबाट हटाउन खोजेको दाबी गरिन् । नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाएको आरोप आधारहीन भएको उनी बताउँछिन् ।

उनका अनुसार, बेचबिखन गरिएका भनिएका बालबालिकाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्टीकरण दिइसकेका छन् ।

उनले आफ्नो संस्था पीए नेपालले जेलमा रहेका अभिभावकका बालबालिकालाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको र आफूले बालबालिका बेचबिखन रोक्न नै काम गरेको बताइन् ।

उनले अमेरिकी दूतावासलाई लेखिएको पत्र पनि अमेरिका पुगेको वा दर्ता नभएको जिकिर गरिन् । उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेको पालामा भएको छानबिनमा पनि कुनै प्रमाण नभेटिएको बताएकी छन् ।


Facebook Comments