नेपालले श्रम सम्झौता भएका देशमा हुलाक सेवा विस्तार गर्नुपर्छ : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताएका छन् ।
हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले हुलाकको व्यावसायिक सम्भावना ’पार्सल डेलिभरी’ मा रहेको भन्दै विदेशमा रहेका नेपालीहरूसम्म यो सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री गुरुङले हुलाक सेवालाई भरपर्दो बनाउनु जरुरी रहेको बताउँदै सबै पालिकालाई ’डिजिटलाइजेसन’ गर्न र ’स्मार्ट’ हुलाक कार्यालय सञ्चालन गर्न निर्देशन पनि दिए । उनले हुलाकलाई सूचना प्रविधिको अधिकतम उपयोग गरी समयसापेक्ष रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले हुलाक सेवालाई प्रभावकारी बनाउन विभागलाई आवश्यक पर्ने पूर्वाधार निर्माण तथा अन्य सहयोग गर्न आफू सधैँ सकारात्मक रहेको बताए ।
Facebook Comments